सनराइज बैंकले किन्यो एनआईडिसी क्यापिटल मार्केट्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकले किन्यो एनआईडिसी क्यापिटल मार्केट्स



काठमाडौं, २५ पुस  । नारायणी नेशनल फाइनान्स लाई खरिद गरेको सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्सलाई पनि प्राप्ति (एक्विजिशन) गरेको छ । बैंकले उक्त क्यापिटललाई प्राप्ति गर्ने प्रस्तावलाई बैंकको पुस २५ मा बसेको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३३ दशमलव ३३ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस वितरणपछि चुक्तापूँजी ५ अर्ब ५० करोड पुगेको थियो ।

बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्दा १ अर्ब ५९ करोड रुपैयाँ वृद्धि भई चुक्तापूँजी ७ अर्ब पूग्नेछ । त्यसमा एनआईडीसी क्यापिटलको पूँजी थपिंदा बैंकको पूँजी ८ अर्ब पुग्ने देखिन्छ ।

प्रकाशित : २५ पुष २०७३, सोमबार १२:१४