नेपाल बैंक पनि पायो आस्बा सुबिधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंक पनि पायो आस्बा सुबिधा



 काठमाडौ २६ पुस । नेपाल धितोपत्र बोर्डले सार्वजनिकरुपमा निष्कासन हुने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र        (एफपिओ) को निष्कासनको समयमा लगानीकर्ताबाट दरखास्त फाराम संकलन तथा तत् सम्बन्धी कार्य गर्न  नेपाल बैंक लिमिटेडलाई अनुमति दिएको छ ।

नेपाल धितोपत्र बोर्डले लागु गरेको आस्बा प्रणाली मार्फत बैंकले  लगानीकर्ताबाट दरखास्त फाराम बुझी लिई उनीहरुको खातामा रकम रोक्का गर्नेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकममात्र रोक्का हुनेछ र पछि सेयर बाँडफाँडमा परेको रकम कटौती गरी बाँकी रकम  खातामा नै रहिरहने सुबिधा बैंकले लगानीकर्तालाई दिनेछ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत समयानुकूल आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २६ पुष २०७३, मंगलवार १०:४८