भारु सटहीको विषयमा कुरा गर्न राष्ट्र बैंक टोली दिल्ली जाँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारु सटहीको विषयमा कुरा गर्न राष्ट्र बैंक टोली दिल्ली जाँदै



काठमाडौं, २७  पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली बुधबार भारु सटहीको विषयमा कुरा गर्न भारत जाने भएको छ । शिवाकोटीसँगै टोलीमा राष्ट्र बैंकका विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सहभागी हुनेछन् ।

टोलीले नेपालको बैंकिङ प्रणाली र प्रणालीबाहिर रहेको भारु सटहीको विषयमा मोडालिटी लिएर जाने जनाइएको छ । नेपाली पक्षले भारतीय पक्षसँग एउटा व्यक्तिले प्रतिबन्ध लागेको पाँच सय र एक हजार दरका नोट एकपटक साट्न पाउने र उसको रेकर्ड राख्ने लगायतको मोडालिटी बुझाउनेछ । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : २७ पुष २०७३, बुधबार १०:२९