ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंकः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंकः अध्यक्ष ढकाल



काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक बताएका छन् । ५ वाणिज्य बैंक, १० विकास र ६ वटा फाइनान्स कम्पनी गरि २१ वटा संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन ५ को नितिमा गएको छ’, उनले भने, ‘हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ ।’

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक देशकै ठुलो बैंक भएको दावी गरेका छन् । उनले बैंक अफ काठमाण्डूसंगको मर्जपछि एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष ढकालले बैंक अधिकांश सुचकका आधारमा देशकै ठुलो भएको बताए हुन् । उनले मर्जरपछि बन्ने बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक भएको दावी गरे ।

सोही अवसरमा ग्लोबल आइएमई बैंकले नेपालका कुल वित्तीय बजारका करिब १० प्रतिशत हिस्सा ओगटेको जानकारी गराए । उनले भने,-‘ बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुजि ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । बैंकको ग्राहक आधार ४० लाख पुगेको छ भने ११ सय सेवा केन्द्र पुगेको छ । अधिकांश सुचकको आधारमा नम्बर वान भएका छौं ।’ सोही अवसरमा राष्ट्र बैंकले अघि सारेको मर्जर नीति अनुसार आफौले २१ वटा संस्थालाई मर्जर गरेको पनि उनले बताए ।

प्रकाशित : २५ पुष २०७९, सोमबार ११:५३