सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं २६ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभाले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको सो साधारणसभाले आगामी दिनमा आफ्नो शाखा कार्यालय समेत विस्तार गर्ने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा अघिल्लो आवको तुलनामा ८ दशमलव ८६ प्रतिशतको व्यवसाय वृद्धि गरी १ अर्ब ११ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसैगरी कम्पनीले २० करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले चालू आवको पौष २६ गते सम्म ६४ करोड रुपैयाँ प्रिमियम सङ्कलन गरिसकेकोले लक्षित प्रिमियम हासिल गर्न सफल हुने जानकारी दिए ।

कार्यक्रममा सगरमाथाका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीमा मोटर बीमा गराएका ग्राहकवर्गलाई छिटो छरितो सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथता भीआईपी अन द स्पट योजनाबाट दावीमा तत्काल फछ्र्यौट गरिने हुँदा बीमितहरूमा कम्पनी प्रतिको विश्वास अझ बढ्न गएको दावी गरे । साथै सो योजनाले कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुग्न गई यस योजनाको सकारात्मक प्रभाव देखिएको उनको भनाइ थियो । साथै आगामी दिनमा बीमा क्षेत्रमा थप नयाँ योजना ल्याउन लागिएको समेत जानकारी दिए ।

हाल कम्पनीले मुख्य कार्यालय बाहेक ३३ वटा शाखा÷उपशाखा कार्यालयबाट बीमा सेवा उपलब्ध गराउँदै आएकोमा चालू आवको अन्त्यसम्ममा ४२ ओटा पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।

प्रकाशित : २७ पुष २०७३, बुधबार १६:३३