रोलेक्स घडीका ९ विशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोलेक्स घडीका ९ विशेषता



१. रोलेक्समा महंगो र दुर्लभ स्टिलको प्रयोग – यो ब्रान्डको घडीमा यस्तो स्टिलको प्रयोग गरिएको हुन्छ, जुन अन्य ब्रान्डको घडीमा लगाइएको छैन । यसमा प्रयोग गरिने विशेष स्टिल (स्टिल ९० फोरएल)ले बलियो र चम्किलो बनाउँने भएकाले पनि अन्य ब्रान्डका घडीभन्दा फरक देखाउँछ ।

२ रोलेक्स घडीको आफ्नै प्रयोगशाला छ – यो प्रयोगशालामा घडीका विभिन्न पार्टसका विशेषज्ञहरुको सहकार्य हुन्छ, जसले गर्दा रोलेक्स घडीको गुणस्तरियतालाई अझ बढाएको छ । यस प्रयोगशालामा घडीको नयाँ प्रकार खोज्न बाहेक घडीमा लगाइने नयाँ–नयाँ घडीको भित्री तथा बाहिरी भागको साना र महत्वपूर्ण पार्टस् तथा प्रविधिको खोज गर्छ, अध्ययन गर्छ । रोलेक्स ब्रान्डले उत्पादन गरेको डिजाइन तपाईको जीवनकालभरि विशिष्ट रहन्छ ।

३. परिक्षण गरी हातले बनाइएको – रोलेक्स घडीप्रति धेरैको धारणा यस ब्रान्डको घडी मेसिनले बनाउँछ । तर, मेसिनको प्रयोग त्यति बेला गरिन्छ जब घडीलाई अन्तिम रुप दिइन्छ । यद्यपी, घडीको चेनलगायत सबै काम मानवीय हात र मष्तिस्क लगाएर घडीलाई बनाइन्छ ।

४ं. रोलेक्सले आफैँ उत्पादन गर्छ सुन र धातु – घडीमा प्रयोग हुने स–साना पाट–पूर्जाका लागि रोलेक्सको आफ्नै आरन छ, जहाँ २४ क्यारेट सुनलाई १८ बनाएर प्रयोग गरिन्छ । त्यस्तै, विभिन्न धातुको समायोजन गरेर घडीलाई गुणस्तरीयका साथसाथै आकर्षक डिजाइन पनि आफैँ बनाउँछ ।

५. प्रविधि सबैभन्दा ठूलो मित्र – रोलेक्स कम्पनी घडी बनाउँने मेकानिकले आफ्नै हातले सबै काम गरिने दाबी गरिएको छ, यद्यपी मेकानिकहरुले प्रविधिलाई जस्तै, रोबट वा अन्य मेसिनलाई एक सहायक मित्रको रुपमा लिने गरेका छन् । केही मसिना मेसिनलाई रोबटद्धारा पोलिस गरिन्छ, तर त्यसअघि हातले फिनिसिङ तथा पोलिस गरिएको हुन्छ ।

६. पानीको दबाब ट्यांकीमा परिक्षण – रोलेक्सका सबै घडीहरुलाई राम्रो तरिकाले पानीको दबाबमा परिक्षण गरिन्छ । यद्यपी, हावाको दबाब दिँएर परिक्षण सुरुवात गरिन्छ, त्यसपछि पानीको प्रेसरमा परिक्षण गरिन्छ । यस्तो परिक्षण निकै असाधारण हुन्छ अन्य घडीमा ।

७. जेमोलोगिस्टका सैनिक काम गर्छन् – रोलेक्स घडीमा प्रयोग गरिने, धातु, सुन, हिरा, मोती परिक्षण तथा आयातका लागि आफ्नै ‘जेमोलोगिस्ट डिपार्टमेन्ट’ छ, जसको उद्देश्य यस्ता पत्थर किन्नु, जाँच्नु, खोच्नु र रोलेक्सको मोडेलमा मिलाउनु रहेको छ ।

८. एउटा रोलेक्स घडी बनाउँन एक बर्ष खर्च – त्यसो त रोलेक्स ब्रान्डले बर्षमा हजारौ घडी उत्पादन हुन्छन्, तर एउटा घडी बनाउँन करिब एक बर्ष लाग्छ । यसको विशेष विशेषता के छ भने, उसले साना–भन्दा साना पार्टपूर्जा हातैले बनाउँने दाबी गर्छ ।

९. रोलेक्सले वास्तवमै सबैथोक आफैँ बनाउँछ – घडीमा प्रयोग हुने जस्तै, सुन, डायल, केज, बेजल र मुभमेन्ट(सुई चल्ने प्रक्रिया) सबै आफैँ उत्पादन गर्छ, त्यो पनि पूर्ण र गुणस्तरीय । यो कम्पनी नितान्त स्वातन्त्र र एकल छ, जसले विश्वभरिकालाई गुणस्तरीयताको छाप छोडेको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०५:२३