लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने



काठमाडाै २८ पुस । लक्ष्मी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बैंकको पुष २७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीमा उक्त परिमाणको बोनस सेयर प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियमा रहेको बैंकले त्यसपश्चात जारी गर्ने शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८.२९ प्रतिशत हुने स्पष्ट्र पारेको छ ।

बैंकले यसअघिनै प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ । एक्वायर पश्चात कायम पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभाबाट अनुमोदन गराईसकेको छ ।

विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन पारित गरेको थियो । जस अनुसार प्रोफेशनल दियालो विकास बैंकका सय कित्ता सेयर हुनेले लक्ष्मी बैंकको पचास कित्ता सेयर पाउनेछन् ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायएर र त्यसपश्चात पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछिबैंकको पूँजी ६ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने बताइएको छ ।

एक्वायर र शतप्रतिशत हकप्रदपछि कायम पूँजीमा १८.२९ प्रतिशत बोनस जोड्दा बैंकको पूँजी ७ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०६:१५