इसेवाबाट दैनिक रु. १ भन्दा कममै पूर्ण हेल्थ केयर खरिद गर्न सकिने, रु. १ लाखभन्दा बढीको सुविधा पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

इसेवाबाट दैनिक रु. १ भन्दा कममै पूर्ण हेल्थ केयर खरिद गर्न सकिने, रु. १ लाखभन्दा बढीको सुविधा पाइने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रु. १ भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ।

इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो। यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एपमा गई इसेवा केयर सेवाअन्तर्गत दैनिक रु. १ भन्दा पनि कमका दरले १ वर्षका लागि ३६० रुपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहकले थुप्रै स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक रु। १ मा २ लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ। यस प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ।

यस प्याकेजमा २४ घन्टाभन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनका लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ। इसेवा केयर खरिद गरेका ग्राहकलाई २ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, १०० इसेवा रिवार्ड प्वइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाइमा एकपटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा १० प्रतिशत छुट, दि ब्युटी बार नेपालमा २० प्रतिशत छुटजस्ता सुविधा रहेका छन्।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च १ लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च १ लाख रुपैयाँसम्म, अन्त्येष्टि यातायात खर्च १ लाख रुपैयाँसम्म, अन्त्येष्टि खर्च १० हजारसम्म जस्ता सुविधा रहेका छन्।

यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च १ लाख रुपैयाँसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च १० हजार रुपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधिभित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ।

यसका साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सञ्चलान गर्न नसकेमा २६ हप्तासम्म बीमाको ५ प्रतिशत वा वार्षिक २० हजारबराबरको रकम उपलब्ध हुनेछ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नका लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्समा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोफाइलमार्फत ६५ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका १ लाख ६० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा प्वइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १६:०९