सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद शेयर दिने, ५ गते साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद शेयर दिने, ५ गते साधारण सभा



काठमाडौं २८ पुस । सिद्धार्थ बैंक लिमिटेडको बुधबार बसेको संचालक समिति बैठकले ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताब गरेको छ।

हकप्रद शेयर दिने निर्णय  फागुन ५ बस्ने साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।  संचालक समितीको बैठकले साधारण सभाका लागि शेयर धनी किताव अद्यावधिक गर्न माघ २० गतेसम्मको समय तोकेको छ।

गत असोजसम्मको वित्तीय विवरण अनुसार बैकको चुक्ता पूँजी तीन अर्ब ३७ करोड रुपैयाँ छ। हकप्रदपछि पूँजी एक अर्ब रुपैयाँले बढ्ने छ।

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०७:१५