Feature News

सुन तस्करीमा नयाँ तथ्यः नेपाली व्यवस्थापक, भारतीय लगानी



काठमाडौं, २९ पुस  । भरतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ । साथै विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ ।

भारतमा हजार र पाँच सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाखसम्म महँगोमा बिक्री हुने गरेको तथ्यले मौलँदो तस्करी पुष्टि गर्छ ।

प्रहरी अनुसन्धानमा नेपाल भित्रने अवैध सुनको ७५ प्रतिशत खपत भारतमा हुदै आएको छ । प्रहरीले पछिल्लो २ महिनामा मात्र ५५ किलोग्राम अवैध सुन बरामद गरिसकेको छ । यस आर्थिक बर्षमा साढे ६१ किलोग्राम सुन बरामद भइसकेको छ ।

सुन तस्करी अनुसन्धान दोस्रो तहमा पुर्याएको प्रहरीले नेपाली तस्कर समूहको व्यवस्थापनमा अवैध सुन हवाइ र स्थलमार्ग भएर नोपलमा थेग्रिने र ग्राहकमार्फत भारत पुग्ने गरेको पत्ता लागेको छ । आजको नागरिक दैनिकबाट

प्रकाशित : २९ पुष २०७३, शुक्रबार ०३:०४