यस कारण भाडियो एभरेष्ट बैंकको मर्जर योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण भाडियो एभरेष्ट बैंकको मर्जर योजना



काठमाडौं, २ माघ  । एभरेष्ट बैंकले पुँजीबृद्धिका लागि मर्जर अथवा एक्विजिसन गर्ने प्रस्ताव साधारणसभामा राखेको भए पनि शेयरधनीहरुको चर्को विरोधका कारण असफल भएको छ ।

बैंकले शनिबार राजधानीमा गरेको २२ औं साधारणसभामा पुँजीबृद्धिका लागि राखेको मर्जर वा एक्विजिसनको प्रस्ताव टेबल हुनासाथै सर्वसाधारण शेयरधनीहरुले होहल्लासहित विरोध गरेका थिए ।

चर्को विरोधका कारण सन्चालक समितिले सो प्रस्तावबारे छलफलसमेत चलमउन सकेन । सन्चालक समितिमा साधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सन्चालकको चुनाव पनि भएकाले धेरै साधारण शेयरधनी साधारणसभामा उपस्थित भएका थिए । आजको सेयर बजार साप्ताहिकबाट

प्रकाशित : २ माघ २०७३, आईतवार ०४:४६