अब्राहम लिङ्कनका यी वाणी, जसले तपाइँलाई खास मान्छे बनाउँछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब्राहम लिङ्कनका यी वाणी, जसले तपाइँलाई खास मान्छे बनाउँछ



अब्राहम लिङ्कन अमेरिकाका १६औं राष्ट्रपति हुन् । उनको कार्यकाल सन १८६१ देखि १८६५ सम्म रह्यो । अमेरिकामा दास प्रथा अन्त्यको श्रेय यिनै लिङ्कनलाई जान्छ । उनी पहिलो रिपब्लिकन थिए, जो अमेरिकाको राष्ट्रपति बने । लिङ्कनको जन्म एक गरीब अश्वेत परिवारमा भएको थियो । उनको जीवन निकै संघर्ष र चुनौतीपूर्ण रह्यो । तर त्यतिधेरै चुनौतीका बीचमा पनि उनी कहिले थाकेनन् र संसारभरका लागि प्रेरणाको स्रोत बने । यिनै लिङ्कनका केही यस्ता महत्वपूर्ण वाणीहरु छन्, जसले तपाइँलाई पनि खास व्यक्ति बन्न मद्दत गर्दछ ।

अब्राहम लिङ्कनका महत्वपूर्ण बाणीहरु:
कुनै रुख काट्नका लागि मलाई ६ घण्टाको समय दिइयो भने पहिलो ४ घण्टा बञ्चरोलाई धार लगाउनमा खर्चिन्छु ।
केही गर्ने इच्छा भएका व्यक्तिका लागि दुनियाँमा असम्भव भन्ने कुनै चिज छैन ।
यदि शान्ति चाहनुहुन्छ भने लोकप्रियताबाट बच्नुहोस् ।
म जे हुँ र हुने आशा राख्छु, यी सबै कुराको श्रेय मेरी आमालाई जान्छ ।
कुनै पनि व्यक्तिभित्र राम्रो र नराम्रो दुवै गुण हुन्छ । त्यसैले राम्रो गुणलाई मात्र खोज्ने कोशिस गर्नुहोस् ।
जब हामीलाई थाहा हुन्छ कि हामी कहाँ छौँ र कुन दिशामा जाँदैछौँ, तब के र कसरी गर्ने भन्ने कुरामा सही निर्णय लिन सकिन्छ ।
जब म राम्रो काम गर्छु, राम्रो नै महशुस गर्छु, अनि जब म गलत गर्छु, स्वभाविक रुपमा गलत नै महशुस गर्छु, यो नै मेरो धर्म हो ।
त्यस व्यक्तिलाई आलोचना गर्ने अधिकार छ, जो सहयोगी भावना राख्छ ।
म जे जान्न चाहन्छु, त्यो सबै पुस्तकमा छ । त्यसैले त्यही मेरो असल मित्र हो, जसले मलाई अहिलेसम्म नपढेको पुस्तक ल्याएर दिन्छ ।
साझापोस्टको सहयोगमा

प्रकाशित : २ माघ २०७३, आईतवार ०५:५७