चन्द्रागिरि साकोसका नायब प्रमुख कार्यकारी अधिकृत धौबन्जारले सम्हाले कार्यभार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चन्द्रागिरि साकोसका नायब प्रमुख कार्यकारी अधिकृत धौबन्जारले सम्हाले कार्यभार



काठमाडाैं । चन्द्रागिरि साकोसमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । उनले माघ ५ गते देखि कायम हुने गरि कार्यभार सम्हालेका हुन् । धौबन्जारलाई संस्थाले २ वर्षको लागि नियुक्त गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले नायब सिईओ धौबन्जारलाई नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर लगायत सञ्चालक समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

धौबन्जार यस अघि भक्तपुरको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक थिए । उनीसँग सहकारी क्षेत्र, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीहरुको काम गरेको लामो अनुभव रहेको छ ।

प्रकाशित : ५ माघ २०७९, बिहीबार ११:२०