आश्रय बहुउद्देश्यीय सहकरीको १४ औं साधारणसभा सम्पन्न, २ करोड ९९ लाख शेयर पुँजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

आश्रय बहुउद्देश्यीय सहकरीको १४ औं साधारणसभा सम्पन्न, २ करोड ९९ लाख शेयर पुँजी



काठमाडाैं । आश्रय बहुउद्देश्यीय सहकारी लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न साधारण सभामा काठमाडौं क्षेत्र नं.८ (क) का सांसद शैलैन्द्र मान बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी तथा ४ सय ५० जना सदस्यहरूको उपस्थिती रहेको थियो । साधारण सभा समारोहमा नव निर्वाचित सांसद तथा संस्थाका सदस्य शैलैन्द्र मान बज्राचार्यलाई सम्मान गरिएको थियो । सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मानन्धरले २५ जना सदस्यहरुबाट सुरु भएको संस्था आषाढ मसान्तसम्म आईपुग्दा ७ सय ८२ जना आवद्ध भएको बताए । संस्थाको शेयर पूँजी २ करोड ९९ लाख , बचत तथा निक्षेप दायित्व २० करोड ७२ लाख ४३ हजार , कर्जा लगानी १६ करोड ७२ लाख ४१ हजार ७० रुपैयाँ पुगेको जानकारी गराए ।

संस्थाले सञ्चालन खर्चमा मितव्ययिता अपनाउने, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने, व्यवसाय विविधिकरण गर्ने तथा नयाँ व्यवसायहरुको अध्ययन गर्नेतर्फ ध्यान दिने अध्यक्ष मानन्धरले बताए । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बिमल श्रेष्ठले आ.ब.२०७९/०८० मा आगामी वर्षमा संस्थालाई नाफामा लैजानको लागि भाखा नाघेको कर्जा असुलीमा अत्यधिक मात्रामा जोड दिई कार्यक्रम संचालन गर्नुको साथै कार्यालय संचालन खर्चमा समेत कतौटी गर्ने र उत्पादनमुलक तथा आयमुलक व्यवसायमा लगानी बढाउनुपर्ने बताए ।

त्यसैगरी संस्थाले बचत २० करोड ७२ लाख ४३ हजार र वितीय लगानी १ करोड ५४ लाख २० हजार, ऋण लगानी १६ करोड ७२ लाख ४१ हजार रुपैंयाँ रहेको संस्थाका कोषाध्यक्ष रमेश ध्वज बस्नेतले जानकारी गराए । सभामा संस्थाका प्रबन्ध निर्देशक राजेन्द्रकृष्ण श्रेष्ठले संस्थाको संचालक समितिका आगामी वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । देशमा देखिएको आर्थिक मन्दी तथा तरलताको कमीको प्रभावले गर्दा संस्थाले राखिएका कार्यक्रमहरु र लक्ष्यहरु पुरा गर्न कठिन भएको र यस्तो विषम परिस्थितिमा पनि सदस्यज्यूहरुले संस्था प्रति दिँदै आएको माया र साथको लागि बिशेष धन्यबाद दिए ।

संस्थाबाट आ।व। २०७९/०८० मा सञ्चालक, कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने तथा अन्य संघ संस्थाले आयोजना गरेका तालिमहरुमा संस्थाका सञ्चालक समिति, लेखा समिति उप समितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि लागि तालिमहरु तथा कार्यक्रमहरुमा सहभागीता गराउने बताए ।

प्रकाशित : ५ माघ २०७९, बिहीबार १६:१७