प्रभु बैंकको सेयर कारोबार खुल्ला

कानुनी प्रक्रिया उलंघन गरी प्रभुको मात्र कारोबार खुला गरिएपछि धितोपत्र बोर्डले कारोबार रोक्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि कारोबार स्थगित भएको थियो । अहिले मर्ज सम्पन्न भएको ग्रान्डको समेत किनबेच हुन सक्ने गरी फेरि सेयर कारोबार खुला भएको हो । ग्रान्ड बैंक वित्तीयरुपमा निकै धराशायी बनेपछि यसअघि यसको कारोबारमा समेत अन्योल उत्पन्न हुँदै आएको हो ।