सहकारी बैंकमा निक्षेप बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सहकारी बैंकमा निक्षेप बढ्यो



काठमाडौ । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पुस महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकमा २०.०२ प्रतिशत तरलता रहेको छ ।

विवरण अनुसार हाल बैंकको शेयर पुँजी २ अर्ब ९४ करोड १२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४१ अर्ब ६३ करोड २ लाख, ऋण लगानी ३४ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम ८ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६९ करोड २ लाख र कुल सम्पत्ति ४९ अर्ब २२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ७२४ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ६३४ रहेको छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १३:१२