१० अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१० अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार १२:२५