कुमारी बैंकको नाफा १ अर्ब माथि, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कुमारी बैंकको नाफा १ अर्ब माथि, अन्य सूचक कस्ताे ?



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.३४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९५ करोड १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ६१.६४ प्रतिशतले बढेर ४ अर्ब २४ करोड ६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ६२ करोड ३५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १४.९४ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसाले घटेर ११ रुपैयाँ ७३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १७ पैसा छ । यता, वितरणयोग्य नाफा भने ६२.२७ प्रतिशतले बढेर २२ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार १४:५५