राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको लागि राय सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि आफ्ना राय रसुझावहरु पठाउँन अनुरोध गरेको हो।

सरोकारवाला निकायले माघ २० गतेसम्म आफ्ना राय तथा सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएको छ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार १५:०९