रिलायबल नेपाल लाइफको एमडिआरटी, सिओटी र टिओटी बिजेतालाई तालिम तथा सम्मान सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफको एमडिआरटी, सिओटी र टिओटी बिजेतालाई तालिम तथा सम्मान सम्पन्न



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमा एजेन्सी तथा अभिकर्ताहरुलाई रिवार्डसहित सम्मानित गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता तथा एजेन्सीहरुलाई लुम्बिनी प्रदेशको लुम्बिनीमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको हो ।

लुम्बिनीको पवन प्यालेसमा आयोजित कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायण बाबु लोहनी, सिनियर एजिएम दिपेश बाबु तिवारीको उपस्थितिमा कार्यक्रममा महेश दाहालले पुनतार्जगी तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा देशैभरिका २०० भन्दा एमडिआरटी, सिओटी र टिओटी तथा करोडपति क्लवका मेम्वरहरुलाई रिवार्डसहित सम्मानित गरिएको हो । माघ ६ गतेबाट सुरु भएको कार्यक्रम ८ गते सम्पन्न भएको हो । सोही अवसरमा कम्पनीका शाखा प्रमुखहरुको सम्मेलन समेत सम्पन्न भएको छ । देशैभरिका शाखा प्रमुखहरुलाई लुम्बिनीमा भेला पारेर कम्पनीले तालिम तथा प्रशिक्षण दिएको हो ।

कम्पनीका सिईओ लोहनीले अहिलेको आर्थिक संकटका बीचमा बीमा व्यवसायलाई चलायमान बनाउन शाखा प्रमुख, अभिकर्ता तथा एजेन्सीहरुलाई व्यवसाय रणनीति र योजनासहित परिचालनका लागि आवश्यक निर्देशन दिएका छन् ।

प्रकाशित : १० माघ २०७९, मंगलवार ०८:०३