कम्याक्ट एसयूभिको प्रतिस्पर्धी बजारमा नयाँ हुण्डाई भेन्यूले नयाँ आयाम स्थापित गर्ने विश्वास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

कम्याक्ट एसयूभिको प्रतिस्पर्धी बजारमा नयाँ हुण्डाई भेन्यूले नयाँ आयाम स्थापित गर्ने विश्वास



काठमाडाैं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यू स्टाइल– न्यू सेलटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

आफ्नो पहिलेको हुण्डाई भेन्यू को मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यू को नयाँ र परिष्कृत मोडलले कम्याक्ट एसयूभिको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।


समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ । यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ्ग एलईडि टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेटिक फन्ट डार्क क्रोम ग्रील, नयाँ बम्पर र स्कीड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ । यसमा रहेको डाइमण्ड कट अलो ह्वील्स, एलइडि प्रोजेक्टर ल्याम्प, पुडल ल्यम्प, सार्क फिन एन्टेना रुफ रेलले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ ।

१.२ लिटर पेट्रोल इन्जिन तथा १ लिटर टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यूमा पाँच स्टेप गेर म्यानुअल तथा ७ स्पीड डिसीटीमा उपलब्ध छन् । १९५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो कम्याक्ट एसयूभिको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन् ।

तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाईन्छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

प्रकाशित : १० माघ २०७९, मंगलवार ०८:२६