कम्प्याक्ट सेडान औराको फेसलिफ्ट लन्च, यस्तो छ मूल्य र फिचर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

कम्प्याक्ट सेडान औराको फेसलिफ्ट लन्च, यस्तो छ मूल्य र फिचर



हुन्डाई मोटर्स इण्डियाले कम्प्याक्ट सेडान औराको फेसलिफ्ट लन्च गरेको छ । पेट्रोल र सिएनजी दुवै भर्सनमा लन्च भएको यसको पेट्रोल वेस भेरिएन्टको मूल्य ६ लाख २९ हजार भारु निर्धारण गरिएको छ भने टप भेरिएन्टको ८ लाख ७३ हजार तोकिएको छ । हुन्डाइले भारतमा यसको वुकिङ यसै महिनाको शुरुवातदेखी खुल्ला गरेको थियो ।

यो फेसलिफ्ट मोडलको फ्रन्टमा हुन्डाइले धेरै भागमा रिफ्रेस गरेको छ । यसमा नयाँ एल आकारको एलइडी डिआरएलएस दिइको छ भने पछाडीको भागमा कुनै परिवर्तन गरिएको छैन । कारको इन्टेरियरमा खासै परिवर्तन नगरिएपनि सिटमा नयाँ अपहोलेस्ट्रि, लेदरले वेरिएको स्टेरिङ ह्विल र फुटवेल एरियामा नयाँ कलर थप गरिएको छ ।

यसको पावरट्रेन रेगुलर मोडलबाटै लिइएको छ । कारमा जडान गरिएको १.२ लिटर पेट्रोल इन्जिनले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यो कार ५ स्पिड म्यानुअल र एएमटी ट्रान्ससिमनमा उपलब्ध छ । हुन्डाइले यसअघि उपलब्ध रहँदै आएको यसको १.० लिटर टर्वो पेट्रोल इन्जिनलाई भने वन्द गरेको छ ।

यो कार ई, एस, एसएक्स,एसएक्स(ओ) र एसएक्स प्लस गरी कुल ५ ट्रिममा उपलब्ध रहेको छ । कारमा ४ वटा एयरव्याग, एविएस र इविडीलाई सवै भेरियन्टमा अनिवार्य गरिएको छ । यसको टप भेरिएन्टमा भने ६ वटा एयरव्याग, एएससी। आइएसओएफआईएक्स, हिलहोल्ड एसिस्ट र अटोमेटिक हेडल्याम्प लगायत अतिरिक्त फिचर्स पाउन सकिन्छ ।
कारमा ८ इन्चको टचस्क्रिन, रियर एसी भेन्ट, एड्जस्ट गर्न मिल्ने रियर हेडरेस्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, टाईप सी चार्जिङ पोर्ट र सुधार गरिएको ३.५ इन्च इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध छ । यो कारले बजारमा टाटा टिगोर, होण्डा अमेज र मारुती सुजुकी डिजायर लगायत कारसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

प्रकाशित : १० माघ २०७९, मंगलवार ०८:२८