मर्जर पश्चात सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मर्जर पश्चात सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?



काठमाडौं । मंगलवार नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स एक आपसमा मर्जरमा गएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट शेयर सूचीकृत भएको छ । कम्पनीको ४ करोड ४५ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्दा १ बराबर ०.८२४५ को अनुपातमा कायम हुने आएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयरलाई ३७१ रुपैयाँ ७९ पैसा ओपनिङ्ग रेन्ज तोकि दिएको छ । त्यस अनुसार बुधबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसजेएलआईसी कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

प्रकाशित : १० माघ २०७९, मंगलवार १६:०३