नेप्सेले फुकुवा गर्‍यो नेसनल माइक्रोफाइनान्सको शेयर कारोबार, बुधवारदेखि कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेले फुकुवा गर्‍यो नेसनल माइक्रोफाइनान्सको शेयर कारोबार, बुधवारदेखि कारोबारमा आउने



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेको आजको निर्णयबाट नेसनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो।

योसँगै अब यस लघुवित्तको शेयर बुधबारबाट कारोबारमा आउनेछ। नेप्सेले साेमबार कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय नेप्सेमा पठाएको भन्दै नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

नेसनल माइक्रोफाइनान्सले प्राविधिक त्रुटिले त्यस्तो हुन गएको र अब आइन्दा नहुने प्रतिबद्धता जनाएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरिदिएको हो।

प्रकाशित : १० माघ २०७९, मंगलवार १६:३६