रहेनन संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रहेनन संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्य



काठमाडौँ । आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको निधन भएको डा. किरण नकर्मीले पुष्टि गरे । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

 

 

प्रकाशित : ११ माघ २०७९, बुधबार ०८:२५