कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा



काठमाडौं । कुमारी बैंकले मनिला कुमारी अग्रवालकको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले माघ ११ गते बुधबारबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार ११:५४