वाणिज्य बैंकमध्ये नाफा बृद्धिदरमा सबैभन्दा अब्बल एभरेष्ट बैंक, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकमध्ये नाफा बृद्धिदरमा सबैभन्दा अब्बल एभरेष्ट बैंक, कुनको कति ?



काठमाडौं । हालसम्म २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक गरेका छन् । नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकबीच मर्जर भएर एकीकृत कारोबार शुरु गरेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने वित्तिय विवरण प्रकाशित गरेको छैन् । अन्यले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बाणिज्य बैंकहरुकाे खुद नाफा १२.४१ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्ममा कुल ३१ अर्ब १४ करोड ७० लाख १६ हजार रुपैंया नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा २७ अर्ब ७० करोड ७२ लाख ७० हजार थियो । यसरी पुसमसान्तसम्म ६ वटा बै‌कहरुकाे खुद नाफा घटेकाे छ भने बाकी अधिकांश बै‌कहरुले खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

कुन बैंकले कतिले बढाए नाफा बृद्धिदर ?

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक नाफा बृद्धिदरमा अव्बल रहेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा बृद्धिदर ८९.२९ प्रतिशत रहेको हो । खुद नाफा आर्जनमा भने यस बैंकले आठौ स्थान ओगटेको छ ।

त्यस्तै नाफा बृद्धिदरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो स्थानमा आइपुगेको छ । यस बैंक खुद नाफा आर्जन गर्नेभा सातौ स्थानमा रहेपनि नाफा बृद्धिदरमा भने अगाडी आएको हो । यस अवधिमा बैंकको नाफा बृद्धिदर ६१.३६ प्रतिशत छ । साथै, खुद नाफा आर्जन गर्ने शिर्ष स्थानमा रहेको नबिल बैंक नाफा बृद्धिदरमा भने तेस्रो भएको छ । नबिल बैंकले गतबर्षको तुलनामा ५६.६७ प्रतिशत नाफामा बृद्धि गरेको छ ।

५०.३९ प्रतिशत नाफा बृद्धि गरेर चौथो स्थान ओगटेको नेपाल एसबीआई खुद नाफा आर्जन गर्ने मा भने एघारौ स्थानमा परेको छ । यसैगरी क्रमश राष्ट्रिय बाणिज्य बैंकको नाफा बृद्धिदर ४१.२८ प्रतिशत, एनआइसी एसियाको ३६.२७ प्रतिशत, लक्ष्मी बैंक ३१.७७ प्रतिशत, हिमालयन बैंकको २८.४२ प्रतिशत, सिभिल बैंकको २६.३९ प्रतिशतले नाफामा बृद्धि गरेका छन् ।

कतिपय बैंकहरु खुद नाफा कमाउन सक्षम रहेपनि नाफा बृद्धिदर भने उकास्न सकिरहेका छैंनन् । जसमा खुद नाफा आर्जन गर्नेमा ग्लोबल आइएमइ बैंक तेस्रो स्थानमा रहेपनि गतबर्षको तुलनामा नाफा बृद्धिदर उकास्न भने अरु सरह सक्षम नरहेको देखिएको छ । यस बैंकको ४.४७ प्रतिशत मात्र नाफा बृद्धि भएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको नाफा बृद्धिदर भने नकारात्मक नै रहेको छ। खुद नाफा आर्जन गर्नेमा टप १० भित्र परेको यस बैंकको गतबर्षको तुलनामा नाफा बृद्धिदर घटेर १.५८ प्रतिशत रहेको छ भने यससंगै प्रभु बैंक पनि खुद नाफा कमाउन टप १० भित्र परेपनि नाफा बृद्धिदर भने गतबर्षको यसै अवधिको तुलनामा घटेर ४.९२ प्रतिशत भएको छ।

२१ वटा बाणिज्य बैंकहरु मध्ये दोस्रो त्रैमाससम्म घाटा बेहोरेको एक मात्र बैंक कृषि विकास बैंक रहेको छ । यस बैंकको गतबर्षको तुलनामा नाफा बृद्धिदर १११.७६ प्रतिशतले कमी रहेको छ । यस बर्ष बैंकको इम्पेयरमेन्ट चार्च बढेकाले खुद नाफा घटेको हो । साथै, सञ्चालन नाफामा पनि उल्लेख्य गिरावट आएको छ । यसले पनि नाफा घटाउन सहयोग पुर्याएको हो ।

प्रकाशित : ११ माघ २०७९, बुधबार १२:०१