मिथिला लघुवित्तको खुद नाफा ३७‍.२५ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मिथिला लघुवित्तको खुद नाफा ३७‍.२५ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तको खुद नाफा ३७‍.२५ प्रतिशतले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी १२.२५ प्रतिशतले घटेर ५ करोड ७२ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको यसै अवधिमा यस्तो आम्दानी ६ करोड ५२ लाख ३२ हजार रुपैंया रहेको थियो । सञ्चालन नाफा पनि ३८.७३ प्रतिशतले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लाे बर्षको यसै अवधिमा ४ कराेड २७ लाख ७४ हजार रुपै‌या पुगेकाे थियाे। पुस मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी वार्षिक २५ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार १३:२७