दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, पाँच कम्पनीमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, पाँच कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । बुधबार शेयर बजार उकालो लागेको छ । आज बजार १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.७७ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले बृद्धि भएको छ ।

बुधबार २६१ कम्पनीको एक करोड ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बजार दोहोरो अंकले बढ्दा बैंकिङ समूहको उपसूचक ७.४६, वित्त कम्पनीको ०.२५ र अन्य समूहको २३.९५ अंकले घटेको छ भने बांकी अधिकांश समूहको उपसूचकमा बृद्धि भएको छ । जसमा विकास बैंक २८.२४, होटल तथा पर्यटन समूहको उपसूचक ११८.०२, जलविद्युत ३६.५६, जीवन बीमा २६६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक ४७.९३, अंकले बढेको छ। साथै, निर्जीबन बीमा समूहको उपसूचक १८८.२९ र ट्रेडिङ समूहको उपसूचक पनि २९.१३ अंकले बढेको हाे ।

नेप्सेका अनुसार आज ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, सुर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावर रहेका छन् । त्यस्तै, आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा भने आज सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारका आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यसको आज १० करोड १४ लाख ८६ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार १५:३५