कैलाश विकास बैंकको २५ प्रतिशत बोनस सेयर पारित,अध्यक्षमा राजेन्द्र गिरी



काठमाडौं, २ माघ । कैलाश विकास बैंक लिमिटेडको २५ प्रतिशत बोनस सेयर पारित भएको छ । साे प्रस्तावलाई बैंकको २३ औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात तथा सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ ।

साे सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी अध्यक्ष,  सुनील नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । साथै, सोही दिन बसेको बैंक संचालक समितिको बैठकले राजेन्द्र गिरीलाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।

बोनस पश्चात संस्थाको बोनस सेयर जारी पश्चात चुक्ता पूँजी १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको २० प्रतिशत हकप्रद निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । हालसम्ममा बैंकले १५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १७ वटा एटिएम मेशिन द्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार