बेथितीको नमूना बन्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बेथितीको नमूना बन्दै राष्ट्र बैंक



काठमाडौं, माघ ३ । नेपाल राष्ट्र बैंक पछिल्लो केही समयदेखि बेथितीको नमूना बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई सुशासन सिकाउने नाममा हालै मात्र नेपाल राष्ट्र बैंक ऐन २०५८ मा दोस्रो संशोधन भएको छ । ऐन संशोधन भएको समाचार सार्वजनिक हुँदानहुँदै बैंकर तथा सांसदको स्वार्थ अनुकूलका कतिपय प्रावधान संलग्न भएको वास्तविकता बाहिर आएको छ । तर, त्यसतर्फ नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र उच्च अधिकारीहरुले कानमा तेल हालेर बस्नुले पनि थप आशंका उत्पन्न गरिदिएको छ ।

त्यसैगरी, अघिल्लो साता मात्रै बैंक तथा वित्तीय संस्थाहरु सम्बन्धी ऐन (बाफिया) पनि पारित भएको छ । तर, गभर्नर चिरञ्जीवी नेपाल र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठको अपरिपक्व तथा क्ष्मताहीन नेतृत्वको कारण मुलुकको केन्द्रीय बैंकभित्र एक पछि अर्को भाँडभैलो देखिन थालेको कर्मचारी स्रोतबाट थाहा भएको छ । आजको साँघु साप्ताहिकबाट

प्रकाशित : ३ माघ २०७३, सोमबार ०५:००