स्ट्यान्डर्ड चार्टर्डको एफपिओ निष्काशन प्रक्रियामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्ट्यान्डर्ड चार्टर्डको एफपिओ निष्काशन प्रक्रियामा



काठमाडौं, ३ माघ  । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एनएमबि क्यापिटलाई फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबि क्यापिटल लिमिटेडबीच आइतबार शेयर निष्कासन सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भनस र क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

बैंकले प्रति कित्ता १०० रुपैंया अंकित मूल्यमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

प्रकाशित : ३ माघ २०७३, सोमबार ०५:२६