सिद्धार्थ डेभलपमेण्ट बैंकले ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं ३ माघ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले शेयरधनीका लागि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नविलका प्रमुख कार्यकारी अधिकृत  प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे ।बैंकको मंसीरमा सम्पन्न् १७ औ वार्षिक साधारण सभाले २५ बोनस शेयरपछि १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न निणर्य गरेको थियो ।

बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख ६७ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद शेयर निष्काशन गरेपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब २७ करोड ६६ लाख रुपैयाँ पुग्ने छ ।

बैंकले चालु आर्थिक वर्ष कमाएको नाफावाट बोनस वितरण गरी नेपाल राष्ट्र बैंकको तोकको २ अर्ब ५० करोड चुक्ता पूँजी  पुर्याउने जनाएको छ । बैंकले देशभर रहेको ३३ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा ८ वटा नयाँ शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको