कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट



काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी शपबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म आकर्षक छुट पाउने भएका हुन्।

बैंकको अनुसार यो योजना फागुन १५ गतेसम्म लागु हुनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार ०८:२४