मनकामना स्मार्ट लघुवित्तकाे ५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मनकामना स्मार्ट लघुवित्तकाे ५ प्रतिशत लाभांश घोषणा



काठमाडौं। मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशथ नगद लाभांश वितरण गर्ने पनि निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार ११:१५