सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्इ प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि मुल्य स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित : १७ माघ २०७९, मंगलवार ११:२३