एनआइसी एसिया लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनआइसी एसिया लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक पनि घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनआइसी एसिया लघुवित्तको खुद नाफासँगै प्रमुख सूचक घटेका छन् । यसअवधिमा कम्पनीको खुद नाफा ६१.८५ प्रतिशतले घटेर १४ करोड ९२ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो वर्षको यसैअवधिमा लघुवित्तले ३९ करोड १३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ३४.८६ प्रतिशतले घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८४ करोड ६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा ६१.८९ प्रतिशतले घटेर २१ करोड ३० लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्षको यसै अवधिमा लघुवित्तको सञ्चालन नाफा ५५ करोड ८९ लाख रुपैंया पुगेको थियो ।

पुस मसान्तसम्म लघुवित्तको खराब कर्जा भने २.४१ प्रतिशतले बढेर ३.३८ प्रतिशत पुगेको छ । यता खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६६ पैसाले घटेर १७ रुपैयाँ २१ पैसामा आएको छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४३ पैसा छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार ११:३२