रु रु जलविद्युत परियोजनाको खुद नाफा घट्याे, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रु रु जलविद्युत परियोजनाको खुद नाफा घट्याे, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाको खुद नाफामा ९.३१ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले अघिल्लो वर्षको यसैअवधिमा ६ करोड ५७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.१३ प्रतिशतले घटेर ९ करोड १५ लाख ५० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले ९ करोड ९६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

साथै, कम्पनीको बिक्री लागत पनि २ करोड ८ लाख रुपैयाँ नोक्सानमा छ । यसले पनि नाफामा असर गरेको हो । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार ११:४६