भ्रष्टाचार सूचीमा नेपाल ११०औँ स्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

भ्रष्टाचार सूचीमा नेपाल ११०औँ स्थानमा



काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२२ मा १०० मा ३४ अंक पाएर नेपाल ७ स्थान तल झर्दै ११०औँ स्थानमा परेको हो ।

सन् २०२१ को रिपोर्टअनुसार नेपालले अंक ३३ पाएर ११७ औँ स्थानमा रहेको थियो। सन् २०२२ को सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन्।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटानले ६८ अंक (२५ औँ), मालदिभ्सले ४० अंक (८५ औँ), भारतले ४० अंक (८५ औँ), श्रीलंकाले ३६ अंक (१०१ औँ), पाकिस्तानले २७ अंक (१४० औँ), बंगलादेशले २५ अंक (१४७ औँ) र अफगानिस्तानले २४ अंक (१५० औँ) प्राप्त गरेका छन्। चीनले ४५ अंकका साथ ६५ औँ स्थानमा रहेको छ।

यो सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ।

प्रकाशित : १७ माघ २०७९, मंगलवार १३:५७