सेयर बजारमा लगानीकर्ताले यी कुरालाई ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजारमा लगानीकर्ताले यी कुरालाई ध्यान दिनुस्



दोस्रो बजारमा सेयरको कारोबार गर्दा धेरै कुराहरुको ध्यान पुर्याउनु पर्ने हुन्छ। कहिलेकाहीं सेयर बजार हल्लाको पछाडी लागेको हुन्छ यस्तो बेलामा बिशेष ध्यान पुर्याएर कारोबारमा प्रवेश गर्नु पर्दछ। हल्लाको पछाडी मात्र दौडेर सफल हुन सकिदैन त्यसैले वास्तविक कुराहरुको जानकारी लिनु जरुरी हुन्छ। बजारमा आधारभूत तथा प्राबिधिक ज्ञान हुनु आवस्यक हुन्छ। यदि आधारभूत र प्राबिधिक ज्ञान हासिल गर्न नसकेमा नोक्सान हुने सम्भावना बढी हुन्छ। मान्छेमा कहिलेकाहीं लोभ तथा डर सिर्जना हुन सक्छ जसले गर्दा कारोबार असफल हुन सक्दछ । विशेष गरि सेयर बजारमा कारोबार गर्दा विभिन्न तीन कुराहरुमा ध्यान दिनु पर्दछ। समयको व्यवस्थापन, कारोबार अनुशाशन (ट्रेड डिसिप्लिन) र मुद्रा व्यवस्थापन गर्न सकेको खण्डमा कुनैपनि लगानीकर्ताले भरपुर फाइदा लिन सक्दछन।

समयको ब्यबस्थापन
दोस्रो बजारमा सेयर कारोबारमा सफलता प्राप्त गर्नका लागि समयको राम्रो व्यवस्थापन हुनु अत्यन्त महत्वपुर्ण कुरा हो ।

१) कारोबारको लागि निश्चित समय छुट्याउनु होस् । कारोबारको लागि उपयुक्त प्रविधिक समय भनेको नेपालका लागि बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म हो। जुन समय प्रविधिक विश्लेषणको अध्ययन गरी आफ्नो अनुभवमा आधारीत ट्रेडिंङ् रणनीतिहरुको भरपुर प्रयोग गर्न सकिन्छ । आधारभुत बिस्लेषणका लागि अन्य समय छुट्याउनु बढी उपयुक्त हुन्छ।

२) मानसीक तनावमा कारोबार नगर्नुहोस् । कारोबार असफलताले मानसीक तनाव बढाउँछ । यस्तो समयमा कारोबार संख्या बढाउदै गएमा असफलता बढ्दै जान्छ । कारोबार असफलताको कारण पहिचान गर्नुहोस् र आफुलाई अध्ययनमा अझ बढी केदि्रत गर्नुहोस् । छोटो समयको लागि भएपनि कारोबारवाट आफूलाई मुक्त गर्नुहोस् । पारीवारीक तथा अन्य मानसीक तनावमा हुनुहुन्छ भने यस्तो समय कारोबारमा प्रवेश नगर्नुहोस् । बजारलाई आफ्नो पक्षमा लिने कोशीस गर्नुहोस् । असफलता भए उक्त समयको प्रयासमा चित्त बुझाउनुहोस् ।

३) हतारमा कारोबार नगर्नुहोस् । यदि कहीँ कतै जानुपर्ने हतारमा हुनुहुन्छ भने कारोबारमा प्रवेश नगर्नुहोस् । यदि कारोबारमा प्रवेश गरीसक्नु भएको छ भने आवस्यक अध्ययन गरेर मात्र मुल्य जोखीमवाट बच्ने उपायहरुको अवलम्बन गर्नुहोस् ।

कारोबार अनुशाशन (ट्रेड डिसिप्लिन)
भनेको कारोबार समयमा आफूले आफूलाई संयमित गर्नु हो । आफुलाई कारोबार गर्दा कुन कुन कुराहरुमा संयमित गर्नु पर्छ त ? जसका लागि हामीले केहि उपायहरु यहाँ प्रस्तुत गरेका छौं।

१) यदि market trading range मा छ भने भरसक बजार प्रवेश नगर्नुहोस् । Trend लाइ follow गर्ने र Trend पश्चात Trade गर्ने कोशीस गर्नुहोस् । फेद र टुप्पो समाउन खोज्दा दुर्घटना भएमा यो दुर्घटना अत्यन्त पिडादायक हुन्छ । जसको उपचार अत्यन्त महंगो छ ।

२) आत्मविश्वास र आफ्नै अनुभवमा आधारीत रहेर कारोबारमा निर्णय लिनुहोस । कारोबारमा संलग्न अन्य व्यक्तिसँग सल्लाह लिनुहोस् तर पूर्ण विश्वास नगर्नुहोस् ।

३) उपयुक्त समयमा निर्णय लिन नसकेकोमा पश्चाताप नगर्नुहोस् । सेयर बजार दोहोरिने बजार हो जहाँ अवसर बारम्बार दोहोरी रहन्छन् । अवसर गएमा पुनः अवसर आउँछ आजलाई अवसर समाप्त भएको तर अवसरमा कारोबार गर्न नसकेको भए भोलिको प्रतिक्षा गर्नुहोस् ।

४) लगानीमा आनन्द लिने प्रयत्न गर्नुहोस् मनोरन्जन लिनॆ प्रयत्न नगर्नुहोस् । सेयर बजार खेलको मनोरन्जनको साधन हैन लगानीको विकल्प हो भन्ने बुझ्नुहोस् ।

५) कारोबारमा गल्ति नभएको राम्रो, यदि भएको खण्डमा यसबाट पाठ सिक्न सके झनै राम्रो ।

६) यो बजार एउटा निर्धक्क (confidence) को बजार हो । confidence achieve गर्ने कोशीस गरौ over confidence प्रदर्शन गर्ने कोशीस नगरौं ।

७) कुनैपनि कारोबार प्रकृया र रणनितीको प्रयोग गर्नुहोस् तर यसलाइ अत्यन्तै अनुशासन र संयमताका साथ लागु गर्नुहोस् ।

८) ज्यादा काराबार नगर्नुहोस् । सफल लगानीकर्ताको रुपमा सेयर बजारमा रहन चाहनुहुन्छ भने एकदिनमा ३-४ वटा भन्दा बढी कारोबार नगर्नुहोस् । लगानी प्रतिफलको हिसावमा कारोबार गर्नुहोस् ।

९) छोटो समयको लागि भनेर volatile contract मा प्रवेश नगर्नुहोस् ।

१०) Emotional reaction लाई रोक्न trading plan को साथ कारोबार गर्नुहोस् । कारोबारको उद्देश्य, प्रवेश विन्दु र आम्दानीको सिमा तय गर्नुहोस् । आफ्नो निर्णयमा दृढ रहनुहोस् र निर्णय बदल्नको लागि राम्रो कारणको प्रतिक्षा गर्नुहोस् । हल्लाको पछाडी नलाग्नुहोस्।

११) योजना अनुसार नै अगाडि बढ्नुहोस् । यदि एकपटक कारोबारमा प्रवेश गरिसक्नुभएको छ भने र नोक्सानी सिमा नछोएसम्म र कारोबार पोजिसन बदल्नुको उपयुक्त आधारभुत कारण नभएसम्म आफ्नो निर्णयमा दृढ रहनुहोस् ।

१२) आम्दानीको सुनिश्चितता भएपश्चात मात्र बजारमा प्रवेश गर्नुहोस् । यदि तपाईको अनुमान विपरीत बजार गए कहाँ र कुन विन्दुमा बजार छोड्ने हो सो को पुर्ण जानकारी राखेर कारोबारमा प्रवेश गर्नुहोस् ।

१३) आशा, निरासा र लोभमा हैन योजनावद्ध कारोबार गर्नुहोस् । बजारमा कुन विन्दुमा प्रवेश गर्ने, जोखीम कति छ, आम्दानि कति लिने, जस्ता कुराहरुलाई योजनावद्ध गर्नुहोस् ।

१४) यदि तपाई निरन्तर कारोबारमा सफलता प्राप्त गरिरहनुभएको छ भने लोभ, अहं र डर जस्ता मानविय प्रवृतिहरुको विरुद्ध निरन्तर संघर्ष गर्नुहोस् ।

१५) Stop Loss राखेर मात्र कारोबार गर्नुहोस। यदि stop loss छोएर नोक्सानी भएको छ भने पिडावाट मुक्त रहनुहोस् किनकी यो तपाइको हार होइन जित्नको लागि हार हो । भनिन्छ ठुलो युद्ध जित्नु अगाडि सानो युद्ध हार्नुपर्छ । यो तपाइको पहिलो सानो नोक्सानी हो जुन तपाइले पहिले नै आफ्नो हार कहाँ हुने भन्ने निर्क्यौल गर्नुभएको हुन्छ ।

१६) नोक्सानी सँग प्रेम संझौता नगर्नुहोस् । नोक्सानी जति बढ्दै जान्छ त्यति यसप्रतिको ममता पनि बढ्दै जान्छ । छिनको प्रेम भन्दा दिनको प्रेम गाढा हुन्छ । गहिरो प्रेम पश्चातको सम्बन्ध बिच्छेद अत्यन्त पिडादायक हुन्छ । नोक्सानीसँगको प्रेम सम्बन्ध अत्यन्त क्षणीक गर्नुहोस् । किनकी यो अत्यन्त धोकेबाज छ ।

१७) नोक्सानीको विश्लेषण गर्नुहोस् । नोक्सानीवाट पाठ सिक्नुहोस् । धेरै लगानिकर्ता विगतवाट पाठ सिक्दैनन् किनकी तिनीहरु आफ्नो विषयमा सोच्न चाहँदैनन् ।

१८) यदि बजारमा नयाँ प्रवेश गर्दै हुनुहुन्छ भने कम्तीमा एक वर्ष सानो लगानिकर्ताको रुपमा बजारमा रहनुहोस् । सफल र असफल कारोबारको तुलनात्मक अध्ययन गर्नुहोस् । यसले मात्र तपाइलाई असफलतावाट सफलतातर्फ लैजान्छ ।

१९) अनुशासीत कारोबारको लागि प्रविधीक औजारहरुको प्रयोग गर्नुहोस् । प्रविधीको प्रयोग सफलतम भएता पनि रमाइलो र उत्तेजनाको कारण लगानिकर्ताको ठुलो समुह यसको सफलतम प्रयोगलाई स्वीकार्दैनन् ।

२०) यथार्थ मुल्य, अनुमान प्रवेश विन्दु, अन्तिम विन्दु, आम्दानी/नोक्सानी अनुपात, आम्दानी तथा नोक्सानी सिमा, विगतको ऐतिहासिक मुल्य जानकारी, मौसमी प्रभाव, सरकारी निती तथा कार्यक्रम र जानकारी, ब्याजदर लगायत आधारभुत विश्लेषण र मुल्य अनुमानमा सफलतम प्राविधीक विश्लेषणको अनुशासीत तरिकाले प्रयोग गरेमा अनावश्यक डर, चिन्ता र उत्तेजना जस्ता मानविय प्रवृतिमाथि नियन्त्रण गर्न सकिन्छ । मानविय प्रवृतिमाथि विजय प्राप्त गर्न सक्ने मानिस नै बित्तिय बजारका सफलतम लगानीकर्ता हुन् ।

मुद्रा व्यवस्थापन
सेयर बजारमा कारोबार सफलताको लागि आफूसँग उपल्ब्ध लगानीयोग्य पुजीको कुशल व्यवस्थापन गर्न सक्नु अत्यन्त महत्वपुर्ण पक्ष हो । कारोबारको लागि उपलब्ध रुपैयाँ प्रर्याप्त छ छैन । कति तथा कस्तो कारोबारको लागि लगानी गर्न संभव छ सो को निर्णय लगानिकर्ता स्वयंले गर्न आवश्यक छ । हामीले मुद्रा व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने कुराहरु कुराहरुलाई यसरी ब्याख्या गरेका छौं।

१) पारिवारीक खर्च, निरन्तर आम्दानीको श्रोत, बचत लगायतलाई मुख्य आधार बनाएर सेयर बजारमा गरिने लगानीको एउटा छुटै कोष (fund) तयार गर्नुहोस् । ताकी यो सम्पुर्ण लगानी कोष स्थिर भएमा पनि समस्या नपरोस् ।

२) लगानीयोग्य पूँजी र समय व्यवस्थापनको आधारमा कुन प्रवृतिको लगानिकर्ताको रुपमा बजार प्रवेश गर्ने हो सोही अनुसारको लगानी कोषको व्यवस्थापन गर्नुहोस् ।

३) कारोबारमा प्रवेश गर्नु अगावै उक्त कुनै पनि कम्पनीको सेयर मूल्यको support, resistance line पत्ता लगाउनुहोस् । जसको आधारमा आफूले प्राप्त गर्न सक्ने प्रतिफल र नोक्सानीको सिमा तय गर्नुहोस् । जसलाई sheet मा भर्नुहोस् ताकी कारोबार पुर्व आफूले गरेको आम्दानी तथा नोक्सानी निर्णयमा दृढ रहन सकियोस् ।

४) कारोबारमा प्रवेश गर्नु अगावै विभिन्न कम्पनीका सेयरहरुलाई वर्गिकरण गर्नुहोस् र लगानीका लागि आवश्यक कोषको जगेडा गर्नुहोस् । नेपालमा अधिकांश लगानिकर्ताको नोक्सानी कारोबारमा लोभ तथा डर हुनाले हुने गर्दछ।

५) Trading fund को अधिकतम ५० प्रतिशत मात्र प्रयोग गर्नुहोस् । trading fund को अधिकतम प्रयोग गर्ने हो भने position hedge को लागि मात्र प्रयोग गर्नुहोस्।

६) Fund को सही व्यवस्थापन हुन नसक्दा सेयर बजारमा गरिने लगानी जहिले पनि अपुग नै रहन्छ । जति सक्दो मजबुत fund को निर्माण गर्न सकेमा सफलता प्रतिशत उच्च रहन्छ ।

७) एक वटा कम्पनीको मात्र सेयरमा लगानी नगर्नुहोस्। दुई वा सो भन्दा बढी कम्पनीको सेयरमा लगानी गर्नुहोस्। कुनै एक वटाको सेयरमा गिरवाट आएमा अरु कम्पनीको सेयरले घाटा पूर्ति गरोस्।

८) बजारमा प्रवेश गर्नु अगावै आम्दानी/नोक्सानी अनुपात गणना गर्नुहोस् र position लाई मजबुती प्रदान गर्न नोक्सानी रकमको व्यवस्था गर्नुहोस् । यो बजारमा गरिने लगानी निर्णयमा अनम्दानी नोक्सानी अनुपात १:३ भन्दा ज्यादा भएको राम्रो । यसको मतलव रु १ संभावित नोक्सानी भए संभावित आम्दानी रु ३ हुनु पर्दछ ।राष्टियदैनिककोसहयोगमा

प्रकाशित : ५ फाल्गुन २०७५, आईतवार १३:१४