तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १८ माघ २०७९, बुधबार ११:१३