साना किसान विकास लघुवित्तको नाफा ४३ करोड ४९ लाख माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

साना किसान विकास लघुवित्तको नाफा ४३ करोड ४९ लाख माथि



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३४.३३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तले १ अर्ब ४४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ करोड ३३ लाख रुपैयाँ मात्रै ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.४४ प्रतिशत बढेर ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले ६१ करोड ८३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि ३४.३९ प्रतिशत बढेर ६२ करोड ३ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा, नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानी अनुपात २२.७१ गुणा बढी रहेको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार ११:३५