भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?



काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार पठाएके मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८० रुपैयाँले बढेको छ। हवाई इन्धनमा पनि लिटरमै ७.५० रुपैयाँले बढेर आएको निगमले जनाएको छ।

नयाँ मूल्य आएपछि निगमललाई पाक्षिक (१५ दिन)मा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिन्छ। भारतबाट बढेर नयाँ मूल्य आए पनि निगमले मूल्य समायोजन गरेको छैन।

प्रकाशित : १८ माघ २०७९, बुधबार १४:५६