भारतमा बजेट सार्वजनिक: भारतले नेपाललाई दिने सहयोगमा कटौती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

भारतमा बजेट सार्वजनिक: भारतले नेपाललाई दिने सहयोगमा कटौती



काठमाडौं । भारतमा नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा भएको छ । बुधबार वित्त मन्त्री निर्मला सीतारमणले वार्षिक बजेट पेश गरेकी हुन्।

जसमा भारतले नेपाललाई दिने सहयोग घटाएको छ। यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने उल्लेख गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब कम हो। गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड दिने उल्लेख गरेको थियो । तर ४ अर्ब २५ करोड मात्र दिएको थियो ।

भारतले भुटानलाई सबैभन्दा धेरै २४ अर्ब दिने भएको छ । त्यस्तै मोरिससलिई ४ अर्ब ६० करोड, माल्दिभ्सलाई ४ अर्ब, म्यान्मारलाई ४ अर्ब, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई २ अर्ब, तथा श्रीलंकालाई डेढ अर्ब दिने उल्लेख गरेको छ ।

भारतले भुटान र माल्दिभ्सलाई दिने सहयोग बढाएको हो । अफगानिस्तानलाई दिने सहयोगमा घटबढ गरेको छैन । तर नेपाल, श्रीलंका तथा म्यान्मारलाई दिने सहयोग भने घटाएको हो ।

प्रकाशित : १८ माघ २०७९, बुधबार १५:२५