शेयर बजारमा झिनो सुधार, कारोबार रकम भने बढेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा झिनो सुधार, कारोबार रकम भने बढेन



काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ४‍‍‍.९७ अंकले बढेर २११६‍.६५ बिन्दुमा पुगेको हो ।

बुधबार २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै बजारमा सामान्य सुधार आउँदा बैंकिङ समूहको उपसूचक ०.६२, विकास बैक ४५.६५, वित्त ९.५४, होटल तथा पर्यटन ५०.४८, जलविद्युत ३.७७, जीवन बीमा ८८.०५, उत्पादन तथा प्रशोधन समूहको २८, निर्जीबन बीमा समूहको उपसूचक २०.०५ अंकले बढेको छ । यस्तै लगानी समूहको ०.३५, माइक्रोफाइनान्स १५.४८, अन्य १.२७ र ट्रेडिङ समूहको उपसूचक ३.३६ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ भने सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य आज सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारका आधारमा सबैभन्दा बढी नलिब बैंकको भएको छ । यसको आज ५ करोड ९३ लाख ३९ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार १५:४६