सुनको मूल्य हालसम्मकै उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्इ प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च मुल्य हो।

यसअघि गत माघ १२ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार भने सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रथितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १९ माघ २०७९, बिहीबार ११:२८