सिभिल लघुवित्तको खुद नाफा ६४.३५ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिभिल लघुवित्तको खुद नाफा ६४.३५ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा सिभिल लघुवित्तको खुद नाफा ६४.३५ प्रतिशतले घटेर १ करोड ३३ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १०.९३ प्रतिशतले घटेर १० करोड ५५ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ८४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

सञ्चालन नाफा ६४.३४ प्रतिशतले घटेर १ करोड ९१ लाख १८ हजार रुपैयाँ रुपैयाँमाआएको छ। यसअवधिमा खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्च पनि बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो ।

खराब कर्जा १.६० प्रतिशतले घटेर २.९३ प्रतिशत पुगेको छ । गत वर्ष ५६ लाख ५० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्च यो वर्ष १ करोड ३५ लाख ७० हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७६ पैसाले घटेर ९ रुपैयाँ २९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा छ ।

प्रकाशित : १९ माघ २०७९, बिहीबार ११:५६