युवा हुनुहुन्छ र गाउँमै उद्यम गर्ने सोच्दै हुनुहुन्छ भने सरकारले ल्यायो सुनौलो अवसर ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युवा हुनुहुन्छ र गाउँमै उद्यम गर्ने सोच्दै हुनुहुन्छ भने सरकारले ल्यायो सुनौलो अवसर !



काठमाडौँ, ३ माघ । तपाईं १६–४० वर्षसम्मको बेरोजगार युवा हुनुहुन्छ, गाउँघरमै केही उद्यम गर्न चाहनुहुन्छ, १० जना युवा एकजुट हुन सक्नुहुन्छ, कम्तिमा कक्षा ८ उत्तीर्ण हुनुहुन्छ भने तपाईको लागि सरकारले सुनौलो अवसर ल्याएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद्ले आफ्नो आ.व. २०७३/०७४ को बजेट अनुसार ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रकालागि ‘एक वडा १० युवा, एक उद्यम कार्यक्रम’ ल्याएको हो । आज प्रकाशित सूचना अनुसार इच्छुक बेरोजगार युवाहरुले ३० दिन अर्थात आगामी फागुन ३ गते भित्र आफू गर्न चाहेको उद्यमकोलागि निवेदन दिनु पर्नेछ ।

 

जसको लागि तपाईले ५ वर्षभित्र गर्ने व्यवसायिक कार्ययोजना (बिजिनेश प्लान) भने पेश गर्नु पर्ने हुन्छ । व्यवसायिक प्रस्ताव तपाईले कृषि, वन, पशुपन्छी, विज्ञान, सूचना प्रविधि, सञ्चार, कला, संस्कृति, पर्यटन प्रवर्द्धन, निर्माण आदि स्थानीय स्रोत साधनमा आधारित विषयमा पेश गर्नुपर्ने हुन्छ । यसरी प्रस्ताव पेश गर्ने युवाहरुले १० जनाको एक समूह बनाउनु पर्नेछ । जसलाई नियमानुसार जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्ने र पुरानो दर्ता भएको भए नविकरण गर्नु पर्नेछ । समूहमा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनु पर्नेछ । १० जना नै एकै वडाका हुनु पर्नेछ । विशेष परिस्थितिमा भने अन्य वडाका युवालाई पनि समावेश गर्न सकिने छ । अन्य विस्तृत विवरण सूचनामा हेर्नुहोला ।

प्रकाशित : ३ माघ २०७३, सोमबार १२:२५