सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । बिहिबार तोलामै एक लाख सात हजार पाँच सय रुपैयाा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार एक हजार चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ६ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ रहेको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार ११:१७