अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गर्दा कसलाई के जिम्मा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गर्दा कसलाई के जिम्मा ?



काठमाडौं । अर्थ मन्त्रालयले १० जना सहसचिवहरुको कार्य विभाजन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेको थियो । यसरी भएको सरुवा अनुसार अर्थमा आएका सहसचिवहरुको बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मेवारी तोकेका हुन् ।

फेरिएको जिम्मेवारी अनुसार श्रीकृष्ण नेपाल पुन आर्थिक सहायता समन्वय महाशाखामा फर्किएका छन्। उनी पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा समेत सोही महाशाखामा थिए।

यस्तै धनिराम शर्मा पनि बजेट तथा कार्यक्रम महाशाखामा फर्किएका छन्। सहसचिव झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन्।

यस्तै लक्ष्मीप्रसाद निरौला प्रशासन महाशाखाको जिम्मेवारी पाउँदा ईश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन्।

यस्तै बजेट महाशाखामा रहेका रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी पाउँदा कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सारिएको छ।

यस्तै सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन्। तालिम केन्द्रका प्रमुख शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालय पठाइएको छ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार ११:३५